Logo

‘फाटेको मन सिलाईदिने सरकार कता छ ?’ भन्दै गोटा गन्ती मिटर रिडर आन्दोलनमा उत्रिए (फोटोफिचर)



काठमाडौं, २३ भदौ । गोटा गन्ती मिटर रिडर संघर्ष समितिले गोटा गन्ती मिटर रिडरलाई मासिक ज्यालादारीमा परिणत गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन सुरु गरेको छ । समितिले आज (बिहीबार) नेपाल विद्युत प्राधिकरण परिसरमा आन्दोलन गरेको हो ।

समितिले अघि सारेका मागमा विभेदजनक व्यवहार भन्दापनि सम्मानजनक तवरको पेशागत स्थायित्वसहितको श्रम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, एउटै पदमा रहेका विभिन्न मिटर रिडरलाई फरक फरक तलब सुविधा दिने र श्रमिकलाई भेदभाव गर्ने नेपाल प्राधिकरण सेवासुविधामा एकरुपता ल्याउन पहल गर्नुपर्ने रहेका छन् ।

उनीहरुले फाटेको मन सिलाईदिने सरकार कता छ ? सबै कुरा मिलाईदिने सरकार कता छ ? भन्ने नारा बोकेका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्