काठमाडौं, २४ भदौ । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रालीमा ओपीडि चेकअप एण्ड इन्भेष्टिगेशन, इन्डोस्कोपी, एक्स-रे, युएसजी, प्याथोलोज टेस्ट,जेनेरल वार्ड एण्ड क्याविन बेड चार्जमा १५ प्रतिशत छुट हुने भएको छ ।
त्यस्तै, ओटी चार्ड, सिटी स्यान, आइसीयु, एनआइसीयु, एचडीयु÷नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।