काठमाडौं, २८ भदौ । संसदको महाभियोग सिफारिस समितिले प्रवक्ताको जिम्मेवारी सचिव लक्ष्मीप्रसाद गौतमलाई तोकिएको छ ।
आइतबार बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाईलाई कतिपय मिडियाले उल्टो सम्प्रेषण गरेको भन्दै प्रवत्ता तोकिएको हो ।
समितिमा भएका बयान र छलफल अबदेखि समिति गौतमले भनेका कुरामात्र आधिकारिक हुने जनाइएको छ ।