Logo

‘प्रकाशमानकै निर्देशनमा भूमाफिया चाम्लिङलगायतले हडपेको संरचना फिर्ता ल्याउन लागिएको हो’



काठमाडौं, २९ भदौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले त्यसै क्षेत्रबाट निर्वाचित संघीय सांसद प्रकाशमान सिंहकै निर्देशनमा भूमाफिया इन्द्र कुमार चाम्लिङलगायतले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउन लागिएको स्पष्ट पारेका छन् ।

धोबीखोला करिडोरमा हडपिएको सरकारी जग्गाको अवलोक गर्दै पर्यटनमन्त्री श्रेष्ठले यो क्षेत्रमा अतिक्रमण भएका संरचना हटाउन प्रकाशमानको पनि साथ रहेको स्पष्ट पारेका हुन् । भूमाफिया इन्द्र चाम्लिङले गुण्डागर्दी शैलीमा जबरजस्ती सरकारी जग्गामा ८ वटा घर/टहरा बनाएर ८ लाख रुपैयाँ घर भाडा लिइरहेको उनको दाबी छ ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1242376039885173

पर्यटनमन्त्री एमाले नेता हेमराज घिसिङ, दुई नम्बर प्रदेशको पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज, युवराज प्रसाईलगायतले सरकारी जग्गा हडपेको तथ्य सार्वजनिक गरेका छन् । उनले अतिक्रमणमा परेका सरकारी जग्गा राज्यको स्वामित्वमा ल्याउन आफू मेयर बालेन शाहसँग मिलेर लागिपरेको धारणा राखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्