Logo

७० वर्षमा सातवटा संविधान बनाउँदा पनि जनताले अधिकार पाउन सकेनन्ः राजेन्द्र महतो



काठमाडौं, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले एकल नश्लीय जातीय चिन्तनका कारण वर्तमान संविधान सर्वस्वीकार्य नभएको बताएका छन् ।
“हामी ७० वर्षमा सातवटा संविधान बनाउने बहादुर हौं । छिमेकी भारतमा ७० वर्षमा एउटै संविधान छ । अमेरिकामा अढाइ वर्षदेखि एउटै संविधान छ । हामीले संविधान बनायौं तर जनताले अधिकार पनि पाएनन्, समृद्धि पनि पाएनन् । व्यवस्था र संविधान फेर्यौं । विचार र व्यवहार उस्तै रह्यो । एकल नश्लीय, जातीय चिन्तन र औपनविशेक मानसिकताका आधारमा बनाएको संविधानलाई कसले अपनत्व लिन्छ ?” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भने ।
पहिचान, अधिकार र स्वामित्व मागेका जनतालाई बन्दुक ताकी ताकी बनाएको संविधानलाई सफल भन्न नमिल्ने पनि उनले बताए । महतोले भने, “व्यक्ति, कुर्सी र शब्द मात्र परिवर्तन भएर हुन्छ ? राष्ट्र झन् झन् गरिब र कंगाल बनेको छ । ५० औं लाख नौजवान विदेशमा रोजीरोटी खोज्न जानुपरेको छ ।” ‍जनता संविधान दिवसको खुसियाली होइन, विरोध दिवस मनाउने अवस्थामा पुगेको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्