काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ ।
प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को दल माओवादी केन्द्रले ६ जनालाई चुनावी मैदानमा उतारेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा ५ जना मात्रै महिलालाई मात्रै अवसर दिएको हो ।
कांग्रेसले देशभरका ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एक–दुई जना गरेर महिलाको सहभागिता गराएको भए पनि ३ वटा प्रदेशमा भने एक जना पनि महिलालाई चुनावी मैदानमा खटाएन ।