Logo

ओखलढुंगामा एसले गठबन्धनलाई सघाउने



ओखलढुंगा, २७ असोज । ओखलढुंगामा नेकपा एकीकृत समाजवादीले कांग्रेस–माओवादी गठबन्धनलाई सघाउने भएको छ । मंगलबार सम्म आफ्नो पार्टीका उम्मेदवारलाई मैदानमा पठाएको एसले उम्मेदवारी फिर्ता गराएर गठबन्धनलाई सघाउने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष नेत्रप्रसाद भटराई र सचिव नरेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दैै गठबन्धनलाई सघाउने निर्णय भएको जानकारी दिएका छन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय निर्देशन पछि नेकपा एकीकृत समाजवादीका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्