Logo

यी हुन मन्त्रिपरिषद् बैठकका १५ बुँदे निर्णयहरू



काठमाडौं, २८ असोज । सरकारले प्रा.डा.गोविन्द केसीसँग भएको सहमति अनुमोदन गर्ने भएको छ। सरकारद्वारा गठित वार्ता टोली र डा.के.सी.बीच गत असोज ८ गते सम्पन्न सहमतिपत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषदको आज बसेको बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले आगामी असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएका विभिन्न ४ (चार) प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई २०७१ साल मङ्सिर मसान्तसम्म निरन्तरता दिने बताए ।

साथै सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्य अवधि समाप्त हुने आगामी कात्तिक ११ देखि लागू हुने गरी १ वर्ष थप गर्ने भएको छ। Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्