काठमाडौं, ३० असोज । कक्षा १२ को पुरक परीक्षा आइतबार र सोमबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ ।
परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । १ लाख ३० हजार विद्यार्थीले पुरक परीक्षामा सहभागि हुने बोर्डले जनाएको छ । दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने जनाइएको छ । जसतर्फ नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका थिए ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।