Logo

सन्दीप लामिछानेबिरुद्ध आज अदालतमा अभियोजन पत्र दर्ता गरिदै



काठमाडौं, कात्तिक १४ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

१० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोजन पत्र दायर गरिन लागेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा १८ वर्षभन्दा कम उमेरको करणी मुद्दामा परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिने भएको छ ।

अभियोजनपत्र दायर पछि अदालतमा सन्दीपको बयान र थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।



प्रतिक्रिया दिनुहोस्