Logo

‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न कांग्रेसको आवश्यकता’



काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव पछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने बताएका छन् । राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटको क्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् ।

मुलुकमा दिनानु दिन बढ्दै गईरहेको राजनीति अस्थिरताका कारण जनताले चाहे जस्तो राजनैतिक परिबर्तन भएपनि आम नेपालीको जीवन स्थीरमा चाहे अनुरुप परिबर्तन आउन नसकेको दाबी गरे । अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायीत्व प्रधान गर्ने भएकाले यस तर्फ गम्भीरता साथ सोच्न समेत मतदातालाई आग्रह गरे ।
अवसर पाउँदा कसले के गरिरहेको छ कुन राजनीति दल के गरिरहेको छ कुन नेता के गर्दैछन यी सब को लेखा जोखा गर्ने समेत आग्रह गर्दै बिबेकपुर्ण निर्णय लिन समेत आग्रह गरे ।

राजनीति अस्थिरता कै कारण सुसासन हुन नसकेको भ्रष्टाचारले सिमा नागेको प्रसाशनिक निकाय सिस्टममा चल्न नसकेको जतासुकै भनसुन बिना काम हुन नसकेको भन्दै अब नागरिकको चाहाना अनुसारको शासन ब्यवस्थामा सुधार भ्रष्टाचारको अन्त र बिधिको शासन कायम गराउन कांग्रेसलाई मत दिन आग्रह गरे । आम युवा बिधार्थीहरुले चाहे जस्तो शिक्षा र रोजगारी सुनिश्चितताका लागि आफू ले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सबै नेपालीले चाहे अनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने भएकाले संकटमा मुलुकलाई निकास र जनताको बिकासको चाहना कांग्रेस मात्रै पुरागर्न सक्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्