Logo

एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने केपी ओलीको चेतावनी



काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशले जित्नको लागि पनि एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचन आफ्नो दल एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने चेतावनी दिएका छन् ।

आज (बुधबार) काठमाडौं–१ मा आफ्नो पार्टीका युवा उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने पनि बताए । उनले भने,‘एमालेलाई एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ ।’

 



प्रतिक्रिया दिनुहोस्