काठमाडौं, कार्तिक १७ । कामना सेवा विकास बैंक र दराज केयमु प्रा.लि. बिच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
दराजको ११.११ छुट योजना कार्तिक २५ गते देखि यो सम्झौता लागू हुनेछ । कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभवहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ ।
तसर्थ, आफ्नो ग्राहकमहानुभवहरूलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।