Logo

सांसदले सरकारी गाडी चुनाव प्रचारप्रसारमा प्रयोग गरेपछि प्रहरीले नियन्त्रणमा लियो



काठमाडौं, २१ कात्तिक । चुनाव प्रचारप्रसारमा प्रयोग गरेको भन्दै सांसद चढेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा–४ ‘क’का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडीलाई नियन्त्रणमा लिइएको हो ।

सरकारी स्रोत साधन प्रयोग गरेर प्रचारप्रसारमा हिडेको गुनासो आएसँगै गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनको निर्देशनमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्माले प्रयोग गर्दै आएको २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी गाडी घरैबाट नियन्त्रणमा लिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्