काठमाडौं, २१ कात्तिक । पुर्वका तीन जिल्लाहरुमा टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा समस्या आएकोले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको हो ।
टेलिकमको फाइबर लिंकमा समस्या आएपछि ती जिल्लाहरुमा आइतबारदेखि नै टेलिफोन सेवा अवरुद्ध भएका छन् ।
खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दुरीमा रहेको रेग्मीटार नजिकै फाइबर लिंकमा खराबी आएको दुरसञ्चार कार्यालयले जनाएको छ ।