Logo

पूर्वप्रधानमन्त्रीहरुलाई काठमाडौं क्षेत्र नं. मा आएर चुनाव लड्न कुन्ती पोख्रेलको चुनौती



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले नेपालमा हालसम्म भएका सबै पूर्वप्रधानमन्त्रीहरुसँग हिम्मत भए आफूसँग चुनाव लड्न आउन चुनौती दिएकी छिन् । उनले आज सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो चूनौति दिएकी हुन् । उनले भनिन्–‘यदि पूर्वप्रधानमन्त्री मसँग चुनाव लड्न इच्छुक हुनुहुन्छ भने आउन सक्नु हुन्छ, म उहाहरुसँग चुनाव लडे उहाँहरुलार्य पराजित गर्न सक्षम छु।’

पोख्रेलले थपिन्, ‘उहाँहरुसँग लामो राजनितिक अनुभव छ । सोझासादा जनतालाई झुक्याएर चुनाव जितेका क्षणहरु पक्कै छन् । आफू हारिने डरले गठबन्धन गरेर सामदाम दण्डभेद प्रयोग गर्न जान्नु हुन्छ होला । तर, एकपटक काठमाण्डौको क्षेत्र नं २ मा आएर चुनाव लडेर देखाउनुस्, तपाइहरुका सारा तिकडम हामी कसरी सखाप पार्छौ र तपाइहरुलाईं नेपालको राजधानीबाट सँदाका लागि कसरी बिदा गर्छौैं, त्यो हेर्न आउनुस् काठमाण्डौ क्षेत्र नं २ ।”

उनले काठमाण्डौ क्षेत्र नं २ का जनताले त्यस्ता राष्ट्रघाति देसद्रोहीहरुलाई हराउन सक्षम भएको समेत उल्लेख गरिन् । उनले भनिन्, ‘उहाँहरु सोझासादा जनता झुक्याउन विभिन्न क्षेत्र चाहार्ने विभिन्न प्रलोभन देखाएर जनतालाई आँखामा छारो हाल्ने काम गरिएको उनको भनाइरहेको छ । उनका अनुसार यो बेला कुनै प्रधानमन्त्री ‘फ्री फ्टिकट, फ्रि भिसा’को प्रलोभन देखाएर हिँडिरेहेका छन् । देशको प्रधानमन्त्री भइसकेको मानिसले यति लज्जास्पद कुरा गरेर हिड्नु देशको लागि विडम्बना हो ।’

उनले भनिन्, ‘कोही क्षेत्र परिवर्तन गरेर गोरखातिर लागेका छन्, कोही रौतहटतिर ‘फ्रि टिकट’ मिलाइदिन्छु भनेर हिँडिरहेका छन् । कोही हेलिकप्टर चढेर आउन सक्नेलाई मात्र भोट दिनु पर्ने बताउँदै सुदूरपश्चिमतिर पुगेका छन् । कोही देशमा पानीजहाज र चुल्ह चुल्हामा ग्याँसको पाइप लाइन जोड्छु भनेर भ्रम देखाउछन् । अनि यिनीहरुलाई जनताले कसरी विश्वास गर्ने ? त्यसकारण यस पटक उहाहरुसँग चुनाव लड्न ढिला भए पनि अर्को पाच बर्ष पछि चुनाव लड्न आउन म चुनौती दिन्छु’, उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्