काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतो आगामी निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार छिन् । अहिले उनी घरदैलोमा सक्रिय छिन् । सो क्षेत्रमा लामो समयदेखि राजनीतिमा सक्रिय महतोको उम्मेदवारीले क्षेत्रवासीमा खुशियाली छाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकै आग्रहमा चुनावी मैदानमा उत्रिएकी महतो लामो समयदेखि सोही क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा थिईन् । पार्टी अध्यक्ष ओलीले उनको सक्रियता र इमानदारिताको कदर गर्दै प्रत्यक्षमा चुनाव लड्न प्रेरित गरेका हुन् । धनुषाको समग्र विकासमा महतोको ठूलो योगदान रहँदै आएको छ ।
विद्यालय जीवनबाट नै एमालेको राजनीतिमा सक्रिय महतोको समाजसेवा अर्को महत्वपूर्ण पाटो छ । महतोको व्यक्तित्व र विगतमा गरेको कामको आधार नै उनको जीतको प्रमुख आधार रहेको भनेर अहिले जनकपुरमा चर्चा हुन थालेको छ । यसपटक उनीसँग चुनावी प्रतिष्पर्धामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा छन् । झा रौतहटबाट धनुषा आएका हुन् । पाँच दलीय गठबन्धनले झालाई धनुषा ३ बाट उठाउने निर्णय गरेसँगै उनी सो क्षेत्रमा आएका हुन् ।
धनुषा ३ जनकपुरको कोर सिटी एरिया पर्छ । सो क्षेत्रका सचेत युवादेखि बयोवृद्ध सबै जना जुली र उनको कामसँग प्रभावित र परिचित छन् । संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य भैसकेको अनुभव र ओली सरकारमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व सम्हालिसकेकी महतो निर्वाचित भए क्षेत्रको बृहत्तर विकास हुनेमा जनकपुरका युवाहरु आशावादी छन् ।
अहिले महतोको घरदैलोमा युवादेखि बृद्धहरुसम्मको व्यापक जनसहभागिता देखिएको छ । एमाले पँक्ति जुलीले सहजै चुनाव जित्ने दाबी गरेको छ । सो क्षेत्रका बुद्धिजिवी तथा विद्धानहरुले पनि जुली महतोको पल्लाभारी रहेको बताउन थालेका छन् । जुलीले आफ्नो क्षेत्रको विकासको लागि व्यक्तिगत र पार्टीगत रुपमा निरन्तर योगदान पुर्याएको र क्षेत्र छाडेर कतै नगएको भन्दै स्थानीयहरुले जुलीलाई नै जिताउनुपर्ने आवाज उठाएका छन् ।
https://www.facebook.com/Rajan.mahaseth.71/videos/1609746966112758