काठमाडौं, २४ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा मानबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् ।
सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि काग्रेसले पुर्व महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बुलाई टिकट दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लाग आज १ बजेसम्मको समय दिएको थियो ।
थापाको डेंगीको कारण उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको थियो ।