Logo

केपी ओली नेपाली राजनीतिका श्रीखण्ड हुन् : एकनाथ ढकाल



गोरखा, २५ कार्तिक । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली राजनीतिका श्रीखण्डको संज्ञा दिएका छन् । नेकपा ऐमाले गोरखा जिल्ला अध्यक्ष प्रेम बहादुर गुरूङको सभाअध्यक्षता आज (शुक्रबार) गोरखामा आयोजित चुनावी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनल प्रदेश नं १ झापा वाट एमाले अध्यक्ष ओलीसँगै सुरू गरेका अध्यक्ष ढकाल चुनावी अभियान बागमती प्रदेश हुँदै हिजो मधेस प्रदेशको चुनावी सभालाई संम्बोधन गरेर आज गृह जिल्ला गोरखामा पुगेका हुन् । ढकालले केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दलसमेत लागिपरेको साथै सम्पूर्ण नेपाली जनता मिलेर देशलाई दुर्घटनाबाट बचाउनुपर्नेमा जोड दिए ।

उनले अहिलेको पाँच दलीय गठबन्धनले देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि एजेण्डा नभएको र देशले कुनैपनि प्रकारको फाइदा हासिल गर्न नसक्ने र पहिलेको परिस्थितिको निरन्तरता हुने भएकोले त्यसको क्रमभङ्गता गर्नुपर्ने पनि बताए । उनले ओलीलाई नेपाली राजनितीको श्रीखण्ड भएकोले प्रधानमन्त्रीको रूपमा नेपाल परिवार दल साथै ओली नेतृत्व गठबन्धनले अगाडि सारेको जानकारी दिए ।

अब ओलीको नेतृत्वमा बन्ने सरकारले गुमेको नेपाली भूभाग कालापानी र लिम्पियाधुरामा राष्ट्रिय झण्डा फैलाउनसक्ने ठोकुवा गरे । उनले गोरखा जिल्लामा अब नयाँ नेतृत्वको लागि बिकल्प दिनुपर्ने समय आएकाले तयार हुन अनुरोध गर्दै गोरखाले विकासवादी नेतालाई तिरष्कार गरेको र बिकासको सिन्को नभाचेको नेतालाई फुलमालाले पुरस्कृत गरेको गुनासो पोखे ।

 



प्रतिक्रिया दिनुहोस्