काठमाडौं, २८ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा साताव्यापि रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ ।
बैंकले कार्तिक २१ गते देखि कार्तिक २७ गते सम्म सप्ताहाव्यापि रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा मुल समारोह गरी सम्पन्न गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष KS Futsal Cup Season II तथा महिला KS Futsal Cup Season साथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको थियो ।
“रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो । KS Futsal Cup अन्तर्गत पुरुष KS Futsal Cup Season II को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । बैंकको १६ औं गौरवमय स्थापना दिवस अर्थात मुल समारोहको दिन आज मिति २०७९ साल कार्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
बैंकका अध्यक्ष सुदिप आचार्यज्यूको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मुल समारोहोको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संचालक विशेश्वर सुवेदी, संस्थापकहरु, विभिन्न संचार माध्यमका पत्रकारहरु, वडा प्रतिनिधिहरु, बैंकका कर्मचारी वर्ग तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसै गरी आजै आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरिएको थियो