काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले नियमविपरित असुली गरेको सेवाशुल्क ऋणिलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
लघुवित्तिय संस्थाका लागि ग्राहकबाट लिने शुल्क निर्धारण गरेपनि केही संस्थाले भने धेरै पटक नवीकरण गर्न लगाउने, बढी ब्याजदर असुलेको पाइएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको नियमानुुसार वित्तिय संस्थाहरुले बचत÷निक्षेप खाता सञ्चालन गरेबापत ग्राहकबाट सेवाशुल्क लिन नपाइने व्यवस्था रहेको छ ।