काठमाडौं, २९ कार्तिक । बर्दिया-२ मा राप्रपाका प्रतिनिधिसभाका उम्मेदवार विनय रावलले एकपछि अर्को गरेर जनपक्षीय एजेण्डा सार्वजनिक गरेका छन् । बर्दियाको समग्र विकासमा आफूले गरेका कामको फेहरिस्त नै सार्वजनिक गरेका रावलले आगामी दिनमा समृद्ध र व्यवस्थित् बर्दिया बनाउने एजेण्डा बोकेका छन् । यसका अलावा उनले भ्रष्टाचार निमिट्यान्न पार्ने र सुशासन कायम गराउने लोकप्रिय एजेण्डा बोकेका छन् ।
बर्दियामा राजनीतिक संरक्षणमा नै लागुऔषध कारोबारीहरु फष्टाएको र ठूलो संख्यामा युवाहरुलाई दुव्र्यसनीको शिकार बनाएर जीवन बर्वाद बनाएको भन्दै उनले चिन्ता लिएका छन् । अब भने उनले ती राजनीतिक संरक्षणमा लागुऔषध ओसारपोसार गर्ने कारोबारीहरुमाथि बुलडोजर चलाउने अठोट लिएका छन् ।
युवाहरुलाई दुव्र्यसनीको दलदलबाट बाहिर ल्याउनको लागि पनि आफूले यसप्रति विशेष ध्यान दिएको उनको भनाई छ । रावल सामाजिक कार्यमार्फत जिल्लामा लोकप्रिय छन् । उनको पक्षमा व्यापक जनलर देखिएको छ ।