Logo

भक्तपुरमा एमालेले गरेको बिकास गठबन्धनलाई गलपासो : नेता महेश बस्नेत



भक्तपुर, २९ कात्तिक । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले भक्तपुर जिल्लामा बिगत चार वर्षमा एमालेले गरेको बिकास अहिले गठबन्धनका लागि गलापासो बनेको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसारका क्रममा क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिकाको वडा नं. ८ बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व सांसद समेत रहेका बस्नेत भने, “ भक्तपुरको प्रतिनिधित्व गर्दै विगत १५ वर्ष संसदमा पुगेको काँग्रेसका सांसदमा गर्न नसकेको बिकास एमालेबाट जनमत पाएर संसदको प्रतिनिधित्व गर्दा यो पाँच वर्षमा भक्तपुरमा एमालेको नेतृत्वले गरेको बिकास अहिले चुनाबमा गठबन्धनलाई गलपाँसो बनेको छ ।”

उनले कांग्रेसले १५ वर्ष र नेपाल मजदुर किसान पार्टीले १० वर्ष भक्तपुरबाट संसदमा नेतृत्व गर्दा सिंहदरवारबाट नजिक रहेको जिल्लामा रहेका जनताले विकास देख्न नपाएको भन्दै एमालेको नेतृत्वको करिव चार वर्षमा भक्तपुरको इतिहासमै सवैभन्दा बढी सडक, ढल, पुल, खानेपानी, सामाजिक भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, अस्पताललगायतका भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा सम्बद्र्धन, भ्रष्टाचार नियन्त्रण, शुसासनलगायतका कार्यहरु गरेको बताए।

२०४८ सालदेखि २०७४ सम्म नेमकिपा र काँग्रेसले आलोपालो गर्दै संसदको प्रतिनिधित्व गरेपनि भक्तपुरका जनताको विकास र समृद्धिको चाहना एवं आवश्यकतालाई बेवास्ता गरेपनि ०७४ को निर्वाचनमा जनताले एमालेलाई जताएर पठाए पछि आएको यहाँको बिकास देशकै नमूनाको रुपमा रहेको चर्चा गरे ।

काठमाडौं भित्रैकै जिल्ला भएपनि त्यसअघि संसदमा जनताको आवाज समेत पुग्न नसकेको, भक्तपुरका लागि सिंहदरबार धेरै टाढा बनेको अबस्थामा आफ्नो प्रतिनिधित्वले एम्बुलेन्स नछिर्ने बाटो ठूला भएका, पुलहरु बनेको, बिकासको लहर आएको देख्ने जनताहरु भक्तपुरको थप विकासका लागि फेरी पनि एमालेलाई नै रोज्ने विश्वास रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्