Logo

प्रचण्डले आज ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने



काठमाडौं, कात्तिक २३० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न दाहालसंगै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायत त्यहाँ पुग्ने कार्यक्रम रहेको छ । तोक्मेडाँडाको कार्यक्रम सकेर दाहालसहितको टोली खोटाङको दिक्तेलबजारमा आयोजना हुने अर्काे चुनावी सभालाई सम्बोधन गर्न जानेछ । यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ ।

जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेको छ । । यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार रहेका छन् ।

सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्