Logo

यसपटक ७१ प्रतिशत मतदान हुन्छः पूर्व प्रमुख आयुक्त उप्रेती



काठमाडौं, ४ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आज ७१ प्रतिशतको हाराहारीमा मत खस्ने दाबी गरेका छन् ।
‘म प्रमुख आयुक्त हुँदा तपाईंकै कार्यक्रममा ८० प्रतिशत मत खस्ने बताएको थिएँ । नभन्दै ७९.९५ प्रतिशत मत खस्यो । १ करोड ७९ लाख ७८ हजार मतदातामध्ये कति यहाँ छौं, कति बाहिर छौं । यहाँ भएकालाई पनि कति सहज छ, कति छैन । तर लोकतन्त्रलाई संस्थागत गर्दै देश विकासमा लाग्ने प्रतिनिधि छान्ने हुटहुटी बोकेका नागरिक घर बस्दैनन् । बिहानदेखि बेलुकासम्म पालैपालो मतदान गर्न जान्छन् । यसपटक ७०, ७१ प्रतिशत मत खस्ने मेरो अनुमान छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उप्रेतीले भने ।

निर्वाचनमा केही चुनौती भए पनि मतदातालाई प्रभाव र दबाब पार्न नसकिने उनले औंल्याए । उप्रेतीले भने, ‘निर्वाचन भनेको लोकतन्त्रको प्राणवायु हो । मतदातालाई कसैले प्रभाव र दबाबमा पार्न खोज्लान् । तर उनीहरुले कसैको मत किन्न सक्दैनन् । जसले जे भने पनि मतदान आफूले गर्ने कुरा हो । हामीले सामूहिक विद्वता प्रयोग गरेर आफ्ना मन परेको उम्मेदवारलाई देश र जनताका लागि काम गर्ने प्रतिनिधिका रुपमा पठाउने हो ।’ संसद्ले पूर्ण आयु काम गरेकोमा पनि उनले खुसी व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्