काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि धादिङ–२ का उम्मेदवार रामनाथ अधिकारीले मतदान गरेका छन् ।
उनले आज ६ नम्बर वडा कार्यालय, सुनौलाबजारमा पुगेर मतदान गरेका हुन् ।
उनले धादिङ क्षेत्र नम्बर २ का ६१ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जनाएका छन् ।
उनले लेखेका छन्-
“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज मंसिर ४ गते ६ न. वडा कार्यालय सुनौलाबजार, धादिङमा मैले आफ्नो मतदान गरें । प्रतिनिधिसभा क्षेत्र न. २, धादिङका ६१ वटै मतदान स्थलमा अहिलेसम्म शान्तिपुर्ण रुपमा मतदान भैरहेको छ । आदरणीय मतदाताहरूले उत्साहजनक रुपमा गरिरहनुभएको मतदानले मेरो आत्मविश्वास झनै बढेको छ र मेरो नागरिक सेवा प्रतिको सेवाभाव तथा भावी राजनीतिक यात्राको लागि थप उर्जा मिलेको छ । जय नेपाल । जय गठबन्धन ।”