Logo

पूर्व प्रधानमन्त्री डा भट्टराई र पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान



काठमाडौं, ४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।

डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन्।

त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । श्रेष्ठले बिहान ७स्४९ बजे मतदान गरेका उनको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा पुगेका हुन्।

त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटारस्थित बीरभद्र प्राथामिक विद्यालयको (ख) मतदान केन्द्रबाट मतदान गरेका हुन्।

गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्