Logo

स्याङ्जा–२ मा सत्ता गठबन्धनबाट धाँधली भएको भन्दै एमालेसहितका उम्मेदवारले पूनः मतदानको माग गर्दै



काठमाडौैं, ५ मंसिर । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ का मतदान केन्द्रहरु अनधिकृत कब्जा भएको भन्दै एमालेकी उम्मेदवार पद्यमा अर्यालले पूनः मतदानको माग गरेकी छिन् । उनले सत्ता गठबन्धनबाट सो मतदान केन्द्रहरु अनधिकृत कब्जा भएको दाबी गरेकी छिन् । अहिले केहीबेरमा सत्ता गठबन्धनबाहेकका उम्मेदवारहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पूनः मतदानको माग गर्ने बताईएको छ ।

अर्यालले सामाजिक सञ्जालमार्फत पनि पूनः मतदानको माग गरेकी छिन् । उनले फेशबुकमा लेखेकी छिन्-

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा सरिक हुनुहुने सम्पुर्ण मतदाताहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । दुर्भाग्यपूर्ण रुपमा यसपटक पनि स्याङ्जा प्रतिनिधिसभा क्षेत्र न. २ अन्तर्गत चापाकाेट न.पा. वडा नं. ३,४ र ५ का मतदान केन्द्रहरु अनधिकृत कब्जा भए । स्वच्छ निर्वाचनका न्युनतम मान्यता समेतको धज्जी उडाएर उम्मेदवार र फरक विचारका मतदाता माथी सांघातिक हमला गर्दै मतदताको अधिकार खोसेर करिब शत प्रतिशत (95.20%) फर्जी मत खसलिएको छ। यस कार्य प्रती निर्वाचन आयोगको ध्यानाकर्षण गराउदै ती मतदान केन्द्रहरुमा लोकतान्त्रिक मुल्यमान्यता अनुरुप पुनः मतदानको माग गरिरहेका छौँ । file photo



प्रतिक्रिया दिनुहोस्