काठमाडौं, मंसिर ६ । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ८९ भोटले पछि परेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले पछि पारेका हुन् । यहाँ ठकुरीले ३९५८ मत ल्याएका छन भने चौधरीले ३८६९ मत ल्याएका छन्।
जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।