काठमाडौं, ६ मंसिर । काठमाडौं–९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतको अन्तरले पराजित गरेका हुन् ।
विजयी श्रेष्ठले ११९५६ मत ल्याएका हुन् । निकटतम प्रतिष्पर्धी पोखरेलले १०९६१ मत ल्याए ।