काठमाडौं, ६ मंसिर । नुवाकोट २ मा नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले अग्रता फराकिलो बनाएका छन् ।
७१७३ मत गणना सम्पन्न हुँदा केसीले ३५४३ मत प्राप्त गरेका छन् ।
एमालेका नारायण खतिवडाले १७७४ मत ल्याएका छन् ।
केसीले खतिवडासँग १७६९ मतान्तरले लिड गरेका छन् ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे ११८२ मतसहित तेस्रो स्थानमा छन् ।
केसी यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।