Logo

महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै आजै सर्वोच्च फर्कँदै प्रधानन्यायाधीश जबरा



काठमाडौं, २१ मंसिर । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र दिएका हुन् ।

सो पत्र पाएसँगै आफू आजै सर्वोच्च फर्कने तयारीमा रहेको प्रधानन्यायाधीश जबराले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अनिवार्य अवकाश पाउनुअघि नै उनी आज अदालत फर्कन लागेका हुन् । उनले भने,‘मैले न्याय पाएँ । म खुशी छु । मैले गल्ती गरेको थिईनँ । यो न्याय प्रणालीको नै जित हो ।’



प्रतिक्रिया दिनुहोस्