काठमाडौं, २४ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम टुँगो लगाएको छ। आज (शनिबार) बसेको पार्टीको बैठकले १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
समावेशिताको आधारमा चयन गरिएको नाममा दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठ, खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस भएको छ ।
यस्तै, मधेसी समुदायबाट रश्मि तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् । त्यस्तै, मुस्लिम समुदायबाट अषिम साहको नाम सिफारिस भएको छ ।