Logo

संगठनका उपाध्यक्षहरु भुषाल र खनाललाई हदैसम्मको कारबाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), सिटिईभिटी राष्ट्रिय समितिको माग (भिडिओ)



काठमाडौं, २८ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), सिटिईभिटी राष्ट्रिय समितिले संगठनमाथि आर्थिक बार्गेनिङ गरेको भनेर लागेको आरोपको खण्डन गरेको छ । समितिले उक्त आरोप भ्रमपूर्ण, कपोकल्पित गोयवल्स शैलीको दुष्प्रचार भएको भन्दै त्यसको घोर निन्दा र भत्र्सना गरेको छ ।

आज (बुधबार) समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनमाथि लगाईएका आरोपको खण्डन गरेको हो । समितिले सिटिईभिटीई राष्ट्रिय समिति आँफैमा कार्यकारी निकाय भएकोले आफ्नै नेतृत्वमा आन्दोलन, वार्ता तथा अन्य गतिविधिहरु सञ्चालन भैरहेको जनाएको छ । समितिका अध्यक्ष विरेन्द्र विष्टले पछिल्लो समय संगठनका उपाध्यक्षहरु ईन्द्र भुषाल र नारायण खनालले पटक पटक आफूलाई भेटेर सिटिईभिटीका पदाधिकारीसँग भेट गराउने र आर्थिक व्यवस्थापनको जिम्मा आफूहरुले लिने बताएको पनि दाबी गरेका छन् ।

उनले भने,‘हामीलाई उहाँहरुले पटक–पटक प्रलोभन दिनुभएको छ, सिटिईभिटीमा उहाँहरुकै मिलोमतोमा हाम्रो ताला तीन पटकसम्म फुटालिएको र हामीलाई वार्तामा बोलाउने वातावरण पनि नबनाई आन्दोलन नै कमजोर बनाउने गतिविधिमा उहाँहरु संलग्न हुनुहुन्थ्यो ।’ समितिले संगठनका उपाध्यक्षद्धय भुषाल र खनाललाई यस प्रकरणमा छानबिन गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेको छ। उनीहरुलाई कारबाही नगरे राष्ट्रिय समितिले कठोर निर्णय लिन बाध्य हुने पनि चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्