Logo

मेमोरी पावरमा डबल गिनिज वर्ल्ड रेकर्ड राख्ने संसारकै पहिलो नेपाली डा.नवल पजियार



काठमाडौं, १ पुष । एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर डा.नवल पजियारले दोस्रो विश्व किर्तीमानि राखेका छन्। यसअघि उनले २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाएका थिए ।

डा.नवल पजियारलेदुई वटा शिर्षकमा ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका छन्। मेमोरी पावरमा दुई पटक रेकर्ड राख्ने संसारकै पहिलो नेपालीमा उनको नाम दर्त भएको छ । डा. पजियार संसारकै धेरै मेमोरी राख्न सक्नेमध्येव्यक्तिभित्र पर्छन्। उक्त विधामा गिनिज बुकको रेकर्ड र गुगलमा भेटिने नाम आफ्नो मात्रै भएको सुनाए । ‘मैले नेपाललाई विश्वसामु चिनाउने काम गरेको छु । ज–जसले बजारमा भ्रम फैलाएका छन्तिनीहरुलाई बोलाएर प्रमाणपत्र, क्षमता, सीपबारे पत्रकारले सोध्नुपर्यो ।’ उनले भने । आफू मेमोरी किङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि बताए ।

जनकपुर उपमहानगरपालिका– १६ कपिलेश्वरमा जन्मिएका पजियारले कतिपय व्यक्तिहरुलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरे । कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भनेर भ्रम फैलाएको उनले टिप्पणी गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गिनिज बुक संसारभरको रेकर्डहरुको संगालो भएको बताउदै मेमोरी पावरले राम्रो निर्णय गर्न प्रेरित गर्ने बताए । ‘त्यो रेकर्डको संगालोमा आफूलाई समाविष्ट गर्ने लक्ष्य लिएर काम गर्नेहरुका लागि त्यो उपलब्धी आफैमा महत्वपुर्ण हुन्छ । विशिष्ट कार्य र योगदान गर्नसक्ने, विज्ञता हँसिल गर्नसक्ने व्यक्तिहरुबाट समाजले अपेक्षा पनि गरेको हुन्छ ।’

उक्त रेकर्डले एक व्यक्तिको आत्मसन्तुष्टि भन्दापनि समूदायको योगदानमा कसरी ढाल्न सकिन्छ भन्ने सन्दर्भमा विज्ञहरुले सोचिदिने हो भने समाज पनि लाभान्वित हुने धारणा राखे । प्रविधिको प्रयोगले दिमाग नै डल बन्दै गएको उनको भनाइ थियो । पोखरेलले प्रविधिले दिमाग बिग्रदै गएको र चुनौती थपिएको अवस्थामा मेमोरी पावर बढाउन त्यही किसिमको परिवर्तनका लागि डा.पजियारको क्षमता महत्वपुर्ण रहेको बताए ।

प्रविधिभन्दा मस्तिष्कको प्रयोग नै जीवन्त हुने भन्दै उनले प्रविधिमा आश्रित हुने दिमागको खतरा बढ्दै गएको सुनाए । प्रविधिबाट मुक्त भएर आफ्नो दिमागलाई चलायमान बनाउन सकिन्छ भन्ने कुरा नया“ पुस्ताले जनाउन सक्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्