काठमाडौं, ५ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ स्वदेश फर्किएका छन् । चीनमा उपचार गराएर पुन आज (मंगलबार) स्वदेश फर्किएका छन् । विमानस्थलमा उनलाई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि आज स्वदेश फर्किएका हुन् ।
उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे काठमाडौं आइपुगेका हुन् । पुनको स्वागतमा नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ, सुरेन्द्र बस्नेतलगायत विमानस्थल पुगेका थिए ।