काठमाडौं, पुस ७ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा आज मध्यान्ह १२ बजे सर्वदलीय बैठक आह्वान गरिएको छ । नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्न लागेको हो ।
बुधरबा प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको रुपमा राष्ट्रपति विद्यादेवि भण्डरीबाट शपथ लिएका जबराले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।