Logo

प्रचण्ड बालकोटमा



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको लागि बालकोट पुगेका छन् । बालुवाटारको गठबन्धन बैठकबाट प्रचण्ड सिधै भक्तपुरको बालकोटस्थित् ओली निवास पुगेका हुन् ।

कांग्रेसले प्रधानमन्त्री र राष्टपति दुवै पद नछाडेपछि दाहाल बालकोट पुगेको बताईएको छ। अहिले दुई नेताबीच छलफल सुरु भएको स्रोतको दाबी छ । प्रचण्डले बालुवाटारबाट बाहिरिनेबित्तिकै पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा कांग्रेसका कारण गठबन्धन टुटेको बताएका थिए ।

उनी बालुवाटारबाट सिधै बालकोट पुगेका हुन् । बालकोटमा दुई नेताका अलावा एमालेबाट सुवास नेम्वाङ र माओवादीबाट वर्षमान पुन सहभागी रहेको बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्