Logo

साढे १६ करोडमा २२ सय घरका छाना फेरिँदै



जुम्ला, पुस ११ । सरकारले १६ करोड रुपैयाँभन्दा धेरै अनुदान दिएर जुम्लाका साढे २२ सय घरका छानो फेर्ने तयारी गरेको छ ।

सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जीर्ण बनेका जुम्लाका घरमा छाना फेरिन लागेको हो ।

जुम्लामा आठ स्थानीय तह छन् । यसमध्ये ३ वटाका २ हजार २ सय ४३ घरका छाना फेर्न लागिएको हो । यो कार्यक्रम अन्तर्गत चन्दननाथ नगरपालिकामा मात्र एक हजार २ सय १९ घरका छाना फेरिने छन् ।

यो कार्यक्रमका लागि बजेटको व्यवस्था सघन सहरी विकास तथा निर्माण आयोजनाको कार्यलयले गरेको हो । कार्यक्रम अन्तर्गत घरको छाना फेर्न एक लाभग्राहीले ७५ हजार रुपैयाँ अनुदान पाउने छन् । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्