काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) का नेता भविश्वोर पराजुलीले पार्टीको आजबाट सुरु भएको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुन वा नहुनेबारे निर्णय गर्ने बताएका छन् ।
पार्टी मुख्यालय, आलोकनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आजको बैठकमा समग्र राजनीतिक परिस्थितिबारे समिक्षा हुने पनि बताए । उनले पार्टीले भावी कार्ययोजना पनि बनाउने विश्वास दिलाए ।
उनले आफूहरु वाम लोकतान्त्रिक गठबन्धनबाट चुनावमा गएको स्मरण गराउँदै चुनावमा आफूहरुले अपेक्षा गरेअनुसार मत नआएको बताए । उनले स्थायी कमिटी बैठक भोलिसम्म चल्ने बताए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम