काठमाडौं, १७ पुष । काठमाडौंमा १०औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाईएको छ । राष्ट्रिय पोसाकमा सजिएर आएका पुरुष तथा महिला आइतबार काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगानसहित भेला भएर उक्त दिवस मनाएका हुन् ।
वसन्तपुरबाट निकालिएको ¥याली प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । पछिल्ला वर्ष अँग्रेजी नयाँ वर्ष पारेर युवा पुस्ताले काठमाडौं, पोखरालगायत विभिन्न ठूला शहरमा राष्ट्रिय टोपी दिवस मनाउने गरेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम