Logo

कतार : नेपाली ब्यावसायीले खोलेको हेरमोसा ब्युटी सेन्टर सञ्चालनमा (फोटोफिचर)



काठमाडौं, पुस १८ । वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्य कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले कतारमा रोजगारी तथा व्यवसाय गर्दै आएका छन् । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारमा ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ ।

यसै क्रममा नयाँ बर्ष २०२२ को अवसरमा नेपाली ब्यवसायी पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टर सञ्चालनमा ल्याएका छन् ।जनवरि १ सञ्चालनमा अहाएको अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने संचालकहरुले बताएका छन ।

यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी पार्लर हो । कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लरले ओपनिङको अवसरमा आफ्ना सेवाहरुमा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएका आईसिसि सदस्य,नेपाली ब्याबसायी संघ कतारका सचिव,अन्तरास्ट्रिय नेपाली युवा उद्दमी महासंघ मध्यपुर्वका अध्यक्ष पोखरिया कतारका सफल ब्यावसायी मानिन्छन ।



प्रतिक्रिया दिनुहोस्