Logo

आफ्नै नेता, कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न सकेनौं– माधव नेपाल



काठमाडौं,२० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेता, कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न नसकेको बाताएका छन् ।

बुधबार युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै अध्यक्ष नेपाले जनताको मत पार्टीको पक्षमा रहेपनि नेता, कार्यकर्ताका कारण पार्टीले थ्रेसहोल्ड नकटाएको बताएका हुन् ।

‘जनताको मत हाम्रो पक्षमा नभएको होइन । हाम्रो नेता कार्यकर्ताहरू जान सकेनन् । हाम्रो नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँ,’ उनले भने ।

आफ्नो दल राष्ट्रिय पार्टी नबने पनि सांसदहरुलाई पार्टीको ह्वीप लाग्ने उनले बताए । उनले नेता कार्यकर्तालाई पार्टी निर्माणमा प्रतिबद्ध भएर लाग्न पनि आग्रह गरेका छन् ।

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भनेर अहिले निर्णय भइनसकेको बताएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिन पुष २६ गते नै निर्णय लिने पनि बताए ।

Photo By Mukunda Kalikote/ Reportersnepal

 



प्रतिक्रिया दिनुहोस्