Logo

प्रदेश सरकारको लागि सहमति खोज्दै गठबन्धन



काठमाडौं, २४ पुष । प्रदेश सरकार निर्माणका लागि सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ।

आज बस्ने बैठकले सबै प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने बारे भागबण्डा मिलाउने तयारी रहेको सत्ता गठबन्धनका नेताहरुले जनाएका छन्।

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा ठूलो दल एमालेले मुख्यमन्त्रीको दाबी गरेको र शीर्ष नेताहरुबीच प्रदेश १ को भागबण्डा मिलिसकेको हुँदा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।

यसैगरी बाग्मती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ। बाग्मतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

मधेश प्रदेशमाभने जनमत पार्टी र जनता समाजवादी पार्टीले आआफ्नो दाबी गरेका छन्।  यस्तै कर्णाली र सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्रीको दाबी गर्दा सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ।



प्रतिक्रिया दिनुहोस्