Logo

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै



काठमाडौं, पुस २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन् ।

मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका कार्यक्रम रहेको छ । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ । मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २२, नेकपा माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्