Logo

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भइरहेको छ।

ओलीलाई भेट्ने केहीबेरअघि बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। भेटमा दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि आज दोस्रो पटक बालकोट पुगेका हुन्। प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने छन्।



प्रतिक्रिया दिनुहोस्