Logo

राजेन्द्र लिङ्देन र बुद्विमान तामाङबीच भद्र सहमित, आलोपालो सत्ता सम्हाल्ने



काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

नयाँ समिकरण अनुसार राप्रपा सरकारमा सहभागी हुने भएको छ। सोमबार राती सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डाको सहमतिअनुसार राप्रपाले तीन वटा मन्त्रालय पाएको छ । जसअनुसार राप्रपाले उर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित् भएको छ । अध्यक्ष लिङ्देन र पूर्व गृह मन्त्री एवं राप्रपा नेता बुद्विमान तामाङबीच भद्र सहमती भएको छ । सहमती अनुसार लिङ्देन र तामाङबीच एक–एक बर्ष सत्तामा जाने सहमती भएको हो ।



प्रतिक्रिया दिनुहोस्