Logo

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक



काठमाडौं, ४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभियानको शुभारम्भ गरेका हुन् । सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमसँगै आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायले अभियान सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

साथै,माघ महिनाभर बीमा शुल्कको नविकरण गर्दा अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई कम्पनीले विभिन्न उपहारकोसमेत व्यवस्था गरेको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई earbuds प्रदान गरिने कम्पनीले जनाएको छ । यसैगरी, पहिलो पटक खल्ती एप प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्णलाई रू १०० क्यास व्याक प्रदान गरिनेसमेत बताइएको छ । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आइ.पी.एस, आई एम ई–पे र प्रभु–पे सँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबारसमेत सुरक्षित हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न आफूहरु तत्पर रहेको उनले बताए ।

२०७९ असोज मसान्त सम्ममा कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ । जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभरका करिब १ सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्