काठमाडौं, ४ माघ । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन सुझाव दिएका छन् । रुइतलाई राष्ट्रपति बनाईए देशको प्रतिष्ठा पनि बढ्नेथियो भन्ने आचार्यको टिप्पणी छ । रुइतलाई भर्खरै बहराइन सरकारले करिब १३ करोड बराबरको इशा अवार्डबाट सम्मान गर्ने समाचार आएप्छि बधाई दिने क्रममा उनले यस्तो बताएका हुन् ।
आचार्यले यस्तो लेखेका छन्-
मनमा कुरा घुमी रहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र बिषेशज्ञ डा शन्नदुक रुइत लाई बनाउन पाए नेपालकोनै प्रतिष्ठा बढ्ला । जस्ले नेपालीकोमात्र नभई संसारकै ज्योति बिहिनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध साबित गर्नुभयो ।त्यसको मुल्याङ्कन गरी उहाँलाई संसारले नै सम्मान गरीरहेको छ । यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको ,इसा अवार्ड, बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्सित भएको छ ।