Logo

एमाले अध्यक्ष ओलीलाई विश्वप्रकाशको जवाफ– हामीले ढोक्सा थापेका छैनौं



काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका संसद विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कुनै स्वार्थ नराखेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीले शंका गरेजस्तो कुनै ढोक्सा नथापेको बताएका हुन् ।

‘हामीले ढोक्सा थापेका छैनौं । माछालाई जालमा पार्न हाम्रो कुनै योजना छैन । माछा र ढोक्साको कथा हालेर सकिलो पिँजडा चाहिँ नबनाउन म अपील गर्छु । आफू प्रधानमन्त्री भएको बेला संगैको मित्रले उच्च स्तरीय संयन्त्र बनाउँ भन्दा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाउ भन्ने अनि अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको संज्ञा दिन चाहन्छु,’ उनले भने ।

साथै, सभामुखका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी इश्वरी न्यौपानेको पक्षमा मतदान गर्न पनि उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्